ताप्लेजुङ, १८ माघ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताप्लेजुङ सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गरेको छ। विद्यार्थी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन पनि गरेका छन्।
ओली नेतृत्वको सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा अधिनायकवादी प्रवृति देखाउन खोजेको भन्दै नेवि संघले सदरमुकाममा प्रदर्शन गरेको हो। फुङलिङको पुरानो बैंक लाइनबाट सुरु भएको विरोध जुलुसका सहभागीले विरेन्द्रचोकमा पुगेर पुत्लादहन गरेका थिए।
प्रदर्शनपछि आयोजित कोणसभामा नेवि संघका जिल्ला अध्यक्ष विश्व नाल्बोले सरकारले जबरजस्ती चिकित्साशिक्षा विधेयक पारित गरेकाले आन्दोलन गर्नु परेको बताए। उनले डा. केसीका माग पूरा नभए अझै सशक्त आन्दोलन गर्ने बताएका छन्।