काठमाडौँ, १७ माघ – सरकारले प्रा.डा. गोविन्द केसीलाई आमरण अनशन तोड्न आग्रह गरेको छ।
गत माघ १४ गतेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदबाट पारित चिकित्सा शिक्षा विधेयकबाट डा. केसीका सबै माग पूरा भएको जिकिर गरेका हुन्।
मन्त्रिपरिषद बैठकले बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको जानकारी पत्रकार सम्मेलनमा सरकारका प्रवक्ताले दिएका छन्।
त्यसैगरी, सरकारले गिरिजाप्रसाद कोइराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जलाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको उनले बताए।
हेर्नुहोस् माघ १४ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु