काठमाडौँ, १७ माघ – यूएईमा जारी पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो इनिङ सकिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले नेपालसामु १ यस ५४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको हो।
यूएईका लागि शेमान अनवरले सर्वाधिक ५९ रन तथा महमद उस्मानले ३० रन जोडे, त्यस्तै, सिपि रिजवानले २२ र महमद बुटाले अविजित २० रन बनाए। अन्य ब्याट्म्यासम्यानले दोहोरो रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ तथा सोमपाल कामी र अविनाश बोहराले १–१ विकेट लिए। नेपाली टोली केहीबेरमा जवाफी व्याटिङका लागि मैदानमा उत्रदैछ।