काठमाडाैं, १७ माघ – यूएईमा जारी पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले पहिलो बलमै सफलता हात पारेको छ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको यूएईले दोस्रो ओभरको पहिलो बलमा विकेट गुमाएको हो।
नेपालका सन्दीप लामिछानेले यूएईका अस्फाग अहमेदलाई बसन्त रेग्मीको हातबाट क्याच आउट गराउँदै शुरूआती सफलता दिलाएका हुन्।
त्यस्तै, नेपालले पाँचाैँ ओभरको तेस्रो बलमा दोस्रो सफलता हात पारेको छ। बलर सोमपाल कामीले दोस्रो विकेट लिएका हुन्।