काठमाडौँ, १७ माघ – नेपाली कांग्रेसले २२ दिनदेखि आमरण अनशनमा बसिरहेका प्रा.डा. गोविन्द केसीको प्राणरक्षाको माग गर्दै बिहीबारको संसद बैठक अवरुद्ध पारेको छ।
बैठक सुरु भएपछि नेपाली कांग्रेस सांसदहरु उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए। रिजालले बोलेपछि कांग्रेसका सांसदहरुले यथास्थानबाट उठार विरोध जनाए।
रिजालले चिकित्सा शिक्षा विधेयक पारित गरिएपनि केसीसँग भएका सम्झौता त्यसमा छुटाइएको बताउँदै परिमार्जन गर्न माग गरे। डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।