काठमाडौँ, १७ माघ – नेपाली काँग्रेसले आज बिहीबारको संसद बैठक पनि अवरुद्ध गर्नेे भएको छ। कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो।
सभामुखको संसद सञ्चालन गर्ने शैलीको विरोध जनाउँदै कांग्रेसले दुवै संसद अवरुद्ध गर्न लागेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए। खाँडले भने, सरकार संवेदनशील बनेको देखिएन। यस्तो अवस्थामा संसदको कारवाही अगाडि बढ्न सक्दैन। हामी अवरुद्ध गर्छौँ।
आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभएकाले संसद सुचारु गर्न वातावरण बन्न नसकेको उनले बताए। सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पास गराएर संवाद र सहकार्यको वातावरण बिथोलेको र डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको उनको आरोप थियो।