एजेन्सी, १७ माघ – इटालियन कप फुटबल प्रतियोगिता कोपा इटालियाबाट साबिक विजेता युभेन्टस् बाहिरिएको छ। बुधबार राति सम्पन्न खेलमा एट्लान्टासँग ३–० गोलअन्तरले स्तब्ध हुँदै चार पटकको विजेता प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको हो।
घरेलु मैदानमा भएको खेलमा एट्लान्टालाई विजयी बनाउन डुभान जाप्टाले दुई गोल गर्दा टिमोथी कास्टाग्नेले एक गोल गरे। खेलको ३७औँ मिनेटमा कास्टाग्नेको गोलबाट एट्लान्टाले अग्रता लिएको थियो।
त्यसको ३ मिनेटपछि जाप्टाले गोल गर्दै एट्लान्टाको अग्रता दोब्बर बनाए। पहिलो हाफमा २–० को अग्रता लिएको एट्लान्टाले ८६औँ मिनेटमा जाप्टाको व्यक्तिगत दोस्रो गोलमार्फत ३–० को शानदार जित सुनिश्चित गर्यो।
बल पोजिसनमा पकड जमाएपनि एट्लान्टाको रक्षपंती छिचोल्न नसकेको युभेन्ट्सले पराजय व्यहोरेको हो।