काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। साताको पहिलो दिन आइतबार सुनको मुल्य शुक्रबारको भन्दा ३ सयले बढेको छ।
शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार भने त्यो मूल्यमा वृद्धि भई छापावाल सुन प्रतितोला ७१ हजार ६ सय मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
यस्तै आइतबार तेजावी सुन तोलामा ७१ हजार ३ सय मा कारोबार भएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार चाँदी भने शुक्रबारकै मूल्य रु ८ सय ५५ मा कारोबार भएको छ।