काठमाडौँ । क्लब २५ नेपालले आफ्नो अन्तर्राष्ट्रिय युवा समितिको सहयोगमा इन्टरनेशनल फेडेरेसन अफ ब्लड डोनर अर्गनाइजेसनको २० औँ अन्तर्राष्ट्रिय युवा मञ्च आयोजना गर्ने भएको छ ।
‘युवाहरू जीवन बचाउने, राम्रो भविष्यको निर्माण गर्ने कार्यमा युवाहरू’ भन्ने नाराका साथ मंसिर २३ गतेदेखि २६ अर्थात डिसेम्बर ९ देखि १२ सम्म २० औँ अन्तर्राष्ट्रिय युवा मञ्चको आयोजना गर्न लागेको क्लब २५ नेपालका अध्यक्ष आर्यन उप्रेतीले बताए ।
सँगै र स्वैच्छिक रक्तदान प्रवद्र्धन गर्न र सबैको लागि राम्रो भविष्य सिर्जना गर्न क्लब २५ नेपालले आयोजना गर्न लागेको सो कार्यक्रम होटल मनास्लु, लाजिम्पाट, काठमाडौँमा हुने भएको हो ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओको आह्वानमा विश्वव्यापी रूपमा सुरु गरिएको अन्तर्राष्ट्रिय कार्यक्रम हो। विश्वभरका १५ देशका करिब १५० जना सहभागी हुनेछन् । जसले फोरममा सक्रिय भाग लिनेछन्।
अध्यक्ष उप्रेतीका अनुसार कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक, काठमाडौं महानगरपालिका केएमसी, ललितपुर महानगरपालिका एलएमसी ब्लड डोनर अमेरिका, हब इन्टरनेशनल एजुकेशन, योगशाला नेपालको सहयोग रहेको छ ।
यस्तै मिडिया पार्टनर नेपाली पब्लिक रहेको छ । युवाहरूलाई विभिन्न सांस्कृतिक भ्रमणहरू मार्फत नेपाली परम्परा र संस्कृतिको सार सहित विभिन्न विषयमा विस्तृत कार्यशालाहरू प्रदान गर्ने कार्यक्रमको उदेश्य रहेको छ ।