काठमाडौं। सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अडियो कमेन्ट गर्न पाउने भएका छन्।
फेसबुकले नयाँ फिचर अपडेट गर्दै प्रयोगकर्ताले अडियो कमेन्ट गर्न पाउने सुविधा दिएको छ।
कसरी गर्ने ?
– फेसबुक लाइट एप खोल्ने,
– अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जाने,
– त्यहाँ कमेन्ट बक्समा जाने, त्यसपछि माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ। माइक्रोफोनको आईकनमा थिच्ने र माइक्रोफोनको एक्सेस दिने,
– अब रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा भन्ने, त्यसपछि स्टप अप्सनमा थिच्ने,
– तपाईँले अडियोसँगै टेक्स्ट कमेन्ट गर्न पाउनुहुनेछ । इच्छा लागेको टेक्स्ट टाइप गरेर पोस्ट गर्ने।