काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्र सिंह भण्डारी मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा उनि श्रम मन्त्री बन्न लागेका हुन् । भण्डारी सुदूरपश्चिमको बैतडीका हुन् ।
प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । चौथो पटक हुन लागेको मन्त्रिपरिषद् विस्तारमा भण्डारी संँगै कुमार इङनाम, माधव चौलागाईं, श्रद्धा श्रेष्ठ छन् । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।