राष्ट्रिय युवा सङ्घ नेपाल निर्वाचन आयोग उपप्रमुख बाबू छत्कुलीले व्यक्तिगत इगो र कतिपय विना काम पद मात्रै खोज्ने प्रवृत्तिले युवा सङ्घको गरिमा धमिलो बनाउने खेल भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत युवा सङ्घप्रति आशा, भरोसा गर्नेहरूमाथि गहिरो चोट परेको समेत बताएका छन् ।
जनसङ्गठनको इन्चार्ज जिम्मेवारी दिइसकेपछि महासचिव देखि अध्यक्षसम्मले निर्णय भइसकेका विषयमा समानान्तर आदेश दिनु कति उपयुक्त होला भन्दै प्रश्न समेत गरेका छन् ।
उनले अगाडी भनेका छन्, ‘कमान्डर जसले युवा सङ्घलाई युवा सङ्घ छ है खबरदार भन्ने लोभलाग्दो पहिचानयुक्त सङ्गठन निर्माण गर्यो । महेश बस्नेतको प्राइभेट कम्पनी हो भनेर आरोप लगाउनेहरूलाई जवाफ छ कि आफ्नै कम्पनी जसरी सङ्गठनको माया गरेर महेश बस्नेत अघि नबढेको भए एमालेमा युवा सङ्गठन छ र ? वा सङ्गठनात्मक संरचनामा मात्रै हुन्थ्यो तर फेरि प्राइभेट कम्पनी जसरी माया गरेर जमाएको सङ्गठन भए पनि नेता बनाउने लाइनमा उनले आफ्नै भाइ वा छोरा राखेका छैन गर्वका साथ भन्दा महेश कामकाजी भएकोले कामकाजी कार्यकर्ताहरू नै युवा सङ्घमा छन् ।’