बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गोठलापनी बजार नजिकै कलुवामोडमा म १ ज ३१० नम्बरकोको जीप दुर्घटनामा परेको हो ।
देहिमाण्डौबाट जन्ति बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जादै गरेको जीप सोही नगरपालिकाको वडा नं ४ स्थित कलुवामोडमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्की रहेका छन् ।
यस्तै, दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुरका ४० बर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बोधराज ओझाले जानकारी दिए ।
यो पनि पढ्नुस् :-
बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु