बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।
आइतबार राती साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका पत्रकार आशिष मालले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । जीपमा कति जना सवार रहेका थिए भन्ने कुरा एकीन भएको छैन् । जीप सडकबाट ५सय मिटर तल खसेको बताइएको छ ।