विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केही दिनअघि सार्वजनिक गरेको प्रस्तावमा असहमत समूहले छुट्टै प्रस्ताव सार्वजनिक गरेको छ ।
अध्यक्ष मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्तावलाई काउन्टर दिँदै असहमत समूहले मंगलबार ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नामक प्रस्ताव सार्वजनिक गरेका हुन् ।
उक्त प्रस्ताव सार्वजनिक गर्नेमा उक्त पार्टीका संयोजक मिलन पाण्डे, केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शना रहेका छन् ।
प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने जिकिर गरिएको छ । साथै, गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा, सङ्घीयतामा सुधार, तिनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने उल्लेख गरिएको छ ।
प्रस्तावमा भनिएको छ, ‘कल्याणकारी राज्य, गणतन्त्रको सुदृढिकरण, संघीयतामा सुधार, धर्मनिरपेक्षताको रक्षा, गुणस्तरीय र निशुल्क शिक्षा, सर्वशुलभ स्वास्थ्य, सामाजिक न्याय, सुशासन, शान्ति, युवा, महिला, दलित, जनजाती, मधेसी, समतामुलक संवृद्धि ।’
पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्ः
सम्बन्धित समाचारः
मिश्रको नयाँ एजेण्डाः संघीयता खारेज, धर्म निरपेक्षताबारे जनमत संग्रह
मिश्रले अगाडि सारेको नयाँ प्रस्तावलाई लिएर विवेकशील साझाभित्र ‘बबण्डर’
फेरि फुटको सँघारमा पुगेको हो विवेकशील साझा? मिश्रको नयाँ प्रस्तावप्रति पुर्व विवेकशीलको आपत्ति
वैकल्पिक राजनीतिको नाउँमा रवीन्द्र मिश्रको भद्दा मजाक