पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका निलम्बित बरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भइरहेको छ। खनालको निजि सचिवालबाट प्राप्त सुचनाअनुसार उनलाई दिउसो १२ः३० बजे हवाइजहाजबाट दिल्ली लगिनेछ।
मगंलबार ज्वरो र शरिरमा हेमोग्लोबिनको कमी देखिएपछी उलाई काठमाडौं थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। उनको थप उपचार दिल्लीको एपोलो हस्पिटलमा गर्ने तयारी भइहरहेको छ।