बलिउड स्टार सलमान खानको क्लोथिङ ब्राण्ड विइङ्ग ह्युमन नेपालका अध्यक्ष राजु थापा क्षेत्रीलाई मातृशोक परेको छ। थापाकी ८६ वर्षिय आमा भगवती थापाको निधन भएको हो। पछिल्लो समस्य अस्वस्थ्य रहेकी थापाको उपचार चलिरहेको थियो।
बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा ६ दिन भर्ना भएपछी उनको पछिल्लो ४ दिन घरमै अक्सिजनको सहारामा रेखदेख भइरहेको थियो। साेमबार अपरान्ह ५ बजे निधन भएपछी स्व. थापाको मगंलबार बिहान पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको थियो।
थापाको निधनपछी उनको आँखादान गरिएको छोरा राजु थापाले जानकारी दिए। थापाको आँखा तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित नेपाल आँखा बैकलाई दान गरिएको हो।
थापाको निधनप्रति विइङ्ग ह्युमनका सञ्चालकद्वय सुदिपचन्द्र बख्रेल र सुरज केसीले थापा परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनीहरुले थापा परिवारलाई यस दुखद घडिमा संयमता अपनाउन आग्रह गरेका छन्।