काठमाडाैं– नेपाल दुरसञ्चार कम्पनी नेपाल टेलिकम ठूला करदाता कार्यलयबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ। ठूला करदाता कार्यालयले टेलिकमलाई बुधबार एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो।
यसअघि आन्तरिक राजस्व कार्यलयले विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने १५ करदाता कम्पनीलाई सम्मान गरेको थियो। त्यसमा ठुला करदाता कार्यालय अन्तरगतमात्रै १० कम्पनी सम्मानित भएका थिए।
११ औं नम्बरमा रहेको टेलिकमलाई कार्यलयको कार्यक्षेत्रबाट उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मानित गरिएको ठूला करदाता कार्यलयका प्रमुख कर प्रसाशक झलकराम अधिकारीले जानकारी दिए।