एजेन्सी– आगामी ७ अप्रिल २०२० पछि एडोबले आफ्नो सफ्टवेयर एडोब एक्रोब्याट र रिडर २०१५ को सपोर्ट बन्द गर्ने भएको छ।
एडोबेले जनाए अनुसार अप्रिल पछि उक्त भर्जनका उत्पादनमा प्राविधिक सपोर्टका साथै कुनैपनि सुरक्षा अपडेट उपलब्ध नहुने भएको छ। एडोबले फ्ल्यास, रिडर, एक्रोब्याटको सपोर्ट बन्द गर्ने भएतापनि आफ्नो सफ्टवेयरमा भने सदैब समर्थन गर्ने विश्वास व्यक्त गरेको छ।
यस महिनाको प्याच अपडेटमा इलस्ट्रेटर सीसी र मिडिया ईन्कोडरमा एकदमै संवेदनशील प्याचहरू समावेश थिए। त्यसैले गर्दा एडोब ब्रिज सीसी र एडोब एनिमेट सीसीले पनि सुरक्षा अपडेट प्राप्त र्गयो। संस्थाहरुले यसको अपग्रेडका,लागि आवश्यक समय थप गर्न सक्ने जनाइएको छ। तर, साधारण उपभोक्ताको हकमा भने यो लागू हुने छैन्।
त्यसैले समयसीमा अघिनै एडोब एक्रोब्याट डिसी र एडोब एक्रोब्याट रिडर डिसीलाई अपग्रेड गर्नु पर्ने उल्लेख गरिएको छ।