एजेन्सी– चर्चित सोशल भिडियो एप टिकटकको मुख्य कम्पनी बाइटडान्सले अर्को महिनासम्ममा आफ्नै म्यूजिक स्ट्रीमिंग सर्भिस लन्च गर्नेे भएको छ। सो सर्भिस सबैभन्दा पहिले भारत, ब्राजिल र इण्डोनेशियामा लन्च गर्ने र पछि अमेरिकामा पनि सो सेवा शुरु गर्ने बाइटडान्सले जनाएको छ।
कम्पनीले यूनिभर्सल, सोनी, र वार्नर म्यूजिक जस्ता ठूला म्यूजिक कम्पनीहरुसँग ग्लोबल लाइसेन्सिंग डीलमा ती कम्पनीहरुको गीत संगितलाई आफ्नो नयाँ म्यूजिक सब्सक्रिप्सन सर्भिसमा समावेश गर्ने भएको छ।
टिकटकले गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा विशवभर डेढ अर्ब डाउनलोड्स पुरा गरिसकेको छ। टिकटकको कुल डाउनलोडमा भारतबाट मात्रै ४६ करोड ६८ लाख छ। जब कि टिकटक एप बनेको देश चीनमा भने १७ करोड ३२ लाख मात्रै छ। तेश्रो स्थानमा रहेको अमेरिकामा यो एपको डाउनलोड १२ करोड ३८ लाख रहेको छ।