एजेन्सी— टेक कम्पनी शाओमीले हालै नयाँ उत्पादन शाओमी फिस ट्यांक सार्वजनिक गरेको छ। स्मार्टफोन बाहेक बेलाबेलामा क्राउड फण्डिंग अन्तरगत विभिन्न किसिमका उत्पादनहरु बनाउँदै आएको शाओमीले यसै सिलसिलामा शाओमी फिस ट्यांक उत्पादन गरेको हो।
यो फिस ट्यांकलाई इकोलोजिक ब्यालेन्स रहने किसिमले बनाईएको कम्पनीले जनाएको छ। जसमा प्रयोगकर्ताले निरन्तर पानी परिवर्तन गरि रहनु पर्ने झन्झट हुँदैन्। यसबाहेक यो फिस ट्यांकमा एउटा छुटै स्थान पनि बनाईएको छ जहाँ तपाईँले फुल उमार्न पनि सक्नुहुनेछ। योे फिस ट्यांकमा राखिएका माछाहरुलाई चाहारा खुवाउन यसको पुरै विर्को खोल्नु नपर्ने गरि यसमा एडजस्टमेन्ट नब राखिएको छ।
घरहरु तथा कार्यालयहरुमा प्रयोग गर्न सकिने गरि कम्पनीले यो फिस ट्यांक बनाईएको छ। यसलाई संचालन गर्न धेरै विद्युतको आवश्यक नपर्ने र यो केलब पावर बैंकबाट पनि संचालन गर्न सकिन्छ। शाओमीको यो फिस ट्यांकको मूल्य २९९ यूआन रहेको छ।