एजेन्सी– क्यालिफोर्नियामा रहेको ओम्निभिजन टेक्नोलोजीले ओभी ६९४८ सेन्सर बनाएको छ। बालुवाको कणको आकार जस्तै देखिने यो क्यामेरा सेन्सर अहिलेसम्मकै सबैभन्दा सानो भएकै कारण गिनिज वर्ल्ड रेकर्ड पनि जित्न सफल भएको थियो।
यो क्यामेरा सेन्सर प्रारम्भमा सानो बाहिरी व्यास मेडिकल इन्डोस्कोपको लागि विकसित गरिएको थियो। जसले डेन्टल, भेटेनरी, आईओटी, औद्योगिक, पहिरन र फरेन्सिक उपकरण लगायतका अनेक प्रयोजनमा उपयोग गर्न सकिनेछ।
इमेज सेन्सरसँग १/३६ इन्च अप्टिकल फमर््यट र १००० एमभी/लक्स–सेकेन्डको लो–लाईट सेन्सिभिटी प्रदान गर्दछ। इमेज सेन्सरसँग पिक्सेलको आकार १.७५७५ माइक्रोन छ। १२० डिग्री चौडा कोणमा तस्वीर कैद गर्न मिल्ने क्यामेरा यूनिटको डेप्थ अफ फिल्ड ३ एमएम देखि ३० एमएम सम्मको हुन्छ।
ओम्निभिजन प्रविधि अनुसार सेन्सरको न्यून ऊर्जा खपतका कारण एन्डोस्कोपको डिस्टिल टिपमा लेस हिट उत्पन्न हुन्छ। यसको कारण रोगीमा आराम र सुधार मिल्छ र लामो अवधिको प्रक्रियाहरूलाई अनुमति दिन्छ।