एजेन्सी– विश्वको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड, सामसङले हालै आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजमा सबैभन्दा नयाँ स्मार्टफोन ग्यालेक्सी ए७०एस बजारमा ल्याएको छ। यसमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट रहेको छ।
यसमा ६४ मेगापिक्सलको प्राइमरी शूटरको साथ ट्रिपल क्यामरा सेटअप छ। एक्सन भिडियो शूट गर्नको लागि सुपर स्टेडी मोड एवं कम उज्यालोको अवस्थमा पनि उत्कृष्ट फोटो खिच्नको लागि नाइट मोड रहेको छ। यसका साथै आकर्षक नयाँ डिजाइन, सम्पूर्ण भिज्युअल अनुभव, शक्तिशाली ब्याट्री एवं सहजै कनेटक्ट गर्न सकिने सुविधा रहको कम्पनीले जनाएको छ।
यसमा एआई गेम बुस्टर, ४५०० एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्ट चार्जिङ्ग जस्ता विशेषताहरु रहेको छ, जसले आजका युवाहरुको सम्पूर्ण आवश्यकतालाई सहजै पूरा गरी स्मार्टफोनको उत्कृष्ट अनुभव प्रदान गर्न सक्ने कम्पनीको भनाई छ।
नयाँ ग्यालेक्सी ए७०एस मा ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले रहेको छ। यसमा प्रयोगकर्ताले सम्पूर्ण भिज्युअल गतिविधिलाई एज टु एज अनुभव प्राप्त गर्न सक्षम हुने छ। यो फोन प्रयोगकर्ताहरुलाई गेमिङ्ग, भिडियो हेर्न, मल्टिटास्किङ्ग, ब्राउजिङ्ग आदिको दौरान उत्कृष्ट भिज्युअल अनुभव प्राप्त हुनेछ। ग्यालेक्सी ए७०एस मा डल्बी एटमस रहेको छ, जसले ३६० डिग्री सराउन्ड साउन्डको अनुभव प्रदान गर्दछ।
यस स्मार्टफोनमा अक्टाकोर क्वालकम स्न्यापड्रागन ६७५ प्रोसेसर लगाईएको छ, जसले धेरै कार्यहरु सहजै गर्न सक्षम हुनेछ। यसमा ६जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ। यो स्मार्टफोन तीन रङ्गहरुमा प्रिज्म क्रश रेड, प्रिज्म क्रश व्हाइट र प्रिज्म क्रश ब्ल्याकमा उपलब्ध रहेको छ।
यसको नेपाली बजार मूल्य ४८ हजार ८ सय ९० रहेको कम्पनीले बताएको छ। यो फोन सामसङका आधिकारिक विक्री कक्षहरुबाट नेपाल अधिराज्यभर किन्न सकिन्छ।