एजेन्सी– अमेरिकामा भेपिङका कारण ४२ जनाको मृत्यु भएपछि अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो एप स्टोरबाट भेपिङ सम्बन्धी एप्लिकेसनहरु हटाएको छ।
एप्पलले स्वस्थ्यका लागि हानिकारक भेपिङलाई दुरुत्साहन गर्न १ सय ८१ भेपिङ एप्सहरु एपस्टोरबाट हटाएको बीबीसीले जनाएको छ।
विद्युतीय चुरोटको प्रयोगबाट अमेरिकीहरु भेपिङ गर्न रुचाउँछन्। अमेरिकी तथ्यांक अनुसार हालसम्म भेपिङका कारण ४२ जनाको मृत्यु भएको छ।
२१ सय मानिस फोक्सो रोगबाट पीडित बनेका छन्। भेपिङका कारण स्वास प्रस्वासमा समस्या देखिन थालेको भन्दै बिरामीहरु अस्पताल धाउने गरेका छन्।