काठमाडौं–सामसङको ट्रिपल रियर क्यामरायुक्त ग्यालेक्सी ए–ट्वान्टी एस नेपाली बजारमा भित्रिएको छ। नेपालको सबै भन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले नयाँ विशेषताहरु सहित ग्यालेक्सी ए ट्वान्टी एस नेपाली बजारमा ल्याएको हो।
सामसङले जनाए अनुसार कनेक्टिभिटीको नयाँ जमानामा आफ्नो अनुभवलाई क्याप्चर गरी शेयर गर्न चाहने नयाँ पुस्ताका लागि यो फोन निर्माण गरिएको हो। ग्यालेक्सी ए ट्वान्टी एसमा ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चार्जिङ्ग एवं आकर्षक डिजाइन छ।
यसमा ९ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ जसको सहयोगले स्पष्ट र ब्राइट सेल्फी खिच्न सकिनेछ। त्यसैगरी ३ जिवी र्याम, ३२ जिबी इन्टरनल स्टोरेज तथा ४ जिबी र्याम ६४ जिबी इन्टरनल स्टोरेज रहेको छ। यसमा रियर फिंगर प्रिन्ट स्क्यानर पनि रहेको कम्पनीले जनाएको छ।
ग्यालेक्सी एस ट्वान्टी एसमा आकर्षक ६.५ इन्चको डिस्प्ले रहेको छ। यसमा ४ हजार एमएचको ब्याट्री तथा १५ वाटको फास्ट चार्जिङ रहेको छ, जसले गर्दा स्ट्रिमिङ एवम् गेमिङको मज्जा लिन सकिन्छ। ग्यालेक्सी एस ट्वान्टी एस ट्रिपलर क्यामरामा १३ मेगापिक्सलको प्राइमरी यिर क्यामरा, एफ १.८ अपर्चर, ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स तथा ५ मेगापिक्सलको डेप्थ कयामरा रहेको छ।
ग्यालेक्सी एस ट्वान्टी एसको मूल्य २० हजार ६ सय ९० देखि २३ हजार ६ सय ९० रुपैयाँ रहेको छ।