काठमाडौं– अब ड्रोनबाट काठमाडौं–तराई द्रुतमार्ग निर्माणको निगरानी हुने भएको छ। द्रुतमार्गको परामर्शदाता छनोटको मूल्यांकन मापदण्ड समयअगावै बाहिरिएको पुष्टि भएपछि नेपाली सेनाले निगरानी गर्नको लागि ड्रोन प्रयोग गर्न लागेको हो।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालय जनाए अनुसार ड्रोनको निगरानीसंगै द्रुतमार्गमा अत्याधुनिक प्रविधि समेत प्रयोग गरिएको छ। निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘द्रुतमार्ग सडक निर्माणको आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने भएको छ।’