एजेन्सी– चिनियाँ प्रविधि कम्पनी हुवावेको पहिलो फोल्डिङ फोन मेट एक्स लन्च भएको छ। अमेरिकी प्रतिबन्धका बिच लन्च भएको मेट एक्समा गुगलका कुनै पनि फिचरहरु विनै लन्च भएको हो।
अमेरिकाले हुवावेमाथि सुरक्षा खतरा रहेको बताउँदै प्रतिबन्ध लगाएको छ। अन्य देशलाई पनि हुवावेको सामाग्री प्रयोग नगर्न आग्रह गरेको छ। यसबीचमा अमेरिकी कम्पनी गुगलले हुवावेलाई अपरेटिङ सिस्टम एन्ड्रोइडसहित गुगलका अन्य फिचर्स प्रदान नगरेको हो।
मेट एक्स १४ दशमलब ६ सेन्टिमिटर चौडा छ। यस फोनमा ८ इन्चको ओएलइडी ट्याबलेट डिस्प्ले छ भने यो फोन फोल्ड हुँदा ६.६ इन्चको स्मार्टफोन बन्दछ। यसमा ९८० चिपसेट प्रयोग गरिएको छ। यसमा गुगलको एन्ड्रोइड ९.० मा आधारित इएमयूआइ ९.१.१ अपरेटिङ प्रणाली जडान गरिएको छ। यसको मूल्य २ हजार ४ सय २२ अमेरिकी डलर रहेको बताइएको छ।
यद्यपी हुवावेले आफ्नै अपरेटिङ प्रणालीको निर्माण गरी मेट एक्स लन्च गरेको छ। सामसुङले केही महिना अगाडि सामसुङ ग्यालेक्सी फोल्ड लन्च गरेपछि हुवावेले पनि फोल्डिङ फोन ल्याएको हो।