काठमाडाैं– आन्तरिक राजस्व विभागले अब सम्पुर्ण जानकारी मोबाइल एपमार्फत उपलब्ध गराउने भएको छ। आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले आइतबारबाट यसअघि नै सञ्चालनमा ल्याएको ‘आईआरडी नेपाल’ नामक एपलाई परिकृत भर्जनको मोबाइल एप सार्वजनिक गरेको हो।
यो एप एन्ड्रोइड र आईओएस दुबै एप स्टोरमा उपलब्ध छ। उक्त एपमार्फत करदाताले अनलाईन पेमेन्ट सिस्टम प्रयोग गरी कर तिर्न सक्नेछन्। साथै निश्चित अवधिमा आय कर र मूल्य अभिबृद्धि कर फिर्ताको अवस्था बारे जानकारी प्राप्त हुनेछ भने, कुन विषयमा कति कर फिर्ता भयो भन्ने जानकारी पनि एपमार्फ नै लिन सकिने छ। भौचर लगायतको जानकारी करदाताले आफ्नो लगईनमार्फत प्राप्त गर्न सक्नेछन्।
यसका साथै टीडीएसको सम्पूर्ण सूचना पनि एपमार्फत लिन सकिने छ। तर यो भने टीडीएस लगईनमार्फत हेर्नुपर्ने हुन्छ। भने, एपमार्फत कर्मचारीले एपमा दर्ता भएको रिपोर्ट संकलन गर्ने र दर्ता गर्न सक्नेछन्। प्यानका दर्ता विवरण, विभागले जारी गरेको सुचना, प्रकाशन, सम्पर्क नम्बर, ट्याक्स क्याल्कुलेटरका साथै अन्य जानकारी पनि एपमै उपलब्ध गराइएको विभागले जनाएको छ।