एजेन्सी– माइक्रोसफ्ट क्रपका मालिक बिल गेट्सको संस्थाले दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्न सक्ने चर्पीको निर्माण गरेको छ। अघिल्लो मंगलबार चीनको बेइजिङ पुगेर बिल गेट्स स्वयमले त्यसको उद्घाटन गरेका हुन्।
उक्त ट्वाइलेटको प्यानलाई प्राविधिक रुपमा निमार्ण गरिएको छ। जसले मानव मलमुत्र एउटैमा मिलाएर त्यसमा विभिन्न केमीकल प्रयोग गरि तुरन्तै मलको रुपमा रुपान्तरण गर्ने जनाइएको छ। हाल ट्वाइलेटमा दिसा पखाल्न ठुलोमात्रामा पानीको प्रयोग भइरहेको छ। पानीको प्रयोगलाई कम गर्न पनि यसले मद्दत गर्ने गेट्सको भनाई छ। साथै ट्वाइलेटबाट निस्किने किटाणुबाट बच्न यसले सबैभन्दा महत्वपूर्ण भुमिका खैल्ने अपेक्षा राखिएको छ।
यो ट्वाइलेको अनुसन्धाको लागि मात्रै बिल गेट्सको निजी लगानीको सामाजिक संस्था बिल मेलिंडा गेट्स फाउन्डेशनले २० अर्ब लगानी गरेको उल्लेख छ। अघिल्लो मंगलबार चीनको एउटा कायक्रममा बोल्दै गेट्सले अनुसन्धान र त्यसको लागतको विषय खुलाएका हुन्।
‘हरेक पाँच वर्षमा ट्वाइलेटबाट निस्कने किटाणुले लाखौं बालबाली विभिन्न रोगबाट ग्रसित भइरहेका छन्,’ उनले भने, ‘त्यसका लागि उपचार र अन्यमा गरी अर्बौ खर्च भएको छ। त्यसैले यो ट्वाइलेट निमार्णको लागि संस्थाले २० अर्ब लगानी गरेको हो।’