काठमाडाैं– संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। भारत सरकारले गत २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेटेपछि समितिले सरकारको आधिकारिक धारणा माग्दै यस्तो निर्देशन दिएको हो।
समितिले सीमा अतिक्रमणको विषय अन्तराष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ। राजनीतिक तथा कूटनीतिक पहलबाट समस्या समाधान नभए सो विषयलाई अन्तराष्ट्रियकरण गर्ने निर्देशन दिएको हो। सविन शर्माद्वारा लिखित याे समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।