काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट नै मन्त्रीपरिषद् बैठकमा सहभागिता जनाएका छन्। उनले आज टेलिप्रिजेन्स मार्फÞत बैठको नेतृत्व गरेका हुन्।
स्वास्थ्यपोचारका लागि सिंगापुर गएका ओलीले आज भिडिओ कन्फेरेन्समार्फत् आफूले विदेशबाट बैठकमा सहभागी हुन पाएकोमा प्रविधि र प्राविधिकलाई धन्यवाद समेत दिएका छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बैठक बसेको जानकारीसहित फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गरेका हुन्। बैठकमा विविध विषयमा छलफल भएको बताईएको छ।