श्रीविलास दाहाल
भर्खरै डा. बाबुराम भट्टराईले नेतृत्व गरेको केही वर्षपहिलेको ‘जनशक्ति’ राजनीतिक पार्टी र वर्तमान ओली सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले नेतृत्व गरेको ‘संघीय समाजवादी फोरम’ मिलेर ‘समाजवादी पार्टी नेपाल’ खोलेको घोषणा गरेका छन्। यसको न्वारन ब्राह्मण डा. भट्टराईले गरेका छन् भने मधेस आन्दोलनले जन्माएका हुर्काएका यादव भने संघीयताको दाबी, मधेस आन्दोलनको लिगेसी, फोरमको एकता सबै त्यागेर बाबुरामका पछि लागेका छन्। यो नयाँ पार्टीको प्रारम्भिक संरचनाको मूल्याङ्कन गर्दा पुरानो एमालेका नेता अशोक राईलाई बढी राजनीतिक लाभ भएको देखिन्छ।
नयाँ शक्तिका कार्यकर्ता मिलेर बनाएको पार्टीमा भने पुरानै कांग्रेसले बसाएको नेतात्रयको अवधारणा अनुकरण गरिएको छ। डा. भट्टराई (ब्राह्मण), यादव (मधेसी) र राई (पहाडी किराती), क्लस्टर र भूगोल पनि मिलेको छ। हिमाल, पहाड र तराई ‘तर, प्रारम्भ भने अप्ठ्यारो परेको छ। निर्वाचन आयोगको वैैधानिकता प्राप्त गर्नमा अड्चन देखिएका छन्। नेताहरूले बाटो निकाल्लान्।
प्रज्ञाप्रतिष्ठानको उपस्थिति, मोटरसाइकल र महँगा गाडीका लस्कर, गोरा चिल्ला अनुहारहरू हेर्दा र महिला उपस्थिति नगन्य, मञ्चका यता १०/१५ वर्षदेखि नै सधैँ देखिएका थकित, गलित चेहेरा र उनै भाषण आदि–इत्यादिले गर्दा समाजवादी पार्टीको लक्षण देखा परेन। बरु बाबुराम भट्टराईले त्रिपुरेश्वर रंगशालामा आयोजना गरेर गठन गरिएको ‘जनशक्ति’को तामझाम गजबकै थियो। त्यसबेलाको बाबुरामको उत्साह र ओज गजबकै थियो भने यसपालि गलित, थकित, मेरो विश्वास गर्नुहोला भनेर याचना गरेजस्तो रंगशालामा भने ‘चे ग्वेभारा’को झलक दिँदै गर्जेको जस्तो लागेको थियो।
संयोग कस्तो परेको छ भने बाबुरामजी र उपेन्द्रजीले लोहियाको भाषा बोल्न थाल्नुभएको छ। झन्डै एक वर्ष अगाडि नेपाल टेलिभिजनको अन्तरवार्तामा उहाँले ‘जिन्दा कौम पाँच वर्ष इन्तजार नहि करति’ भनेर भन्नुभएको छ।
नेपालको पुरानो पार्टी, अझ पुराना कांग्रेसी दमननाथ ढुंगानाको शब्द सापट लिने हो भने ‘बेत बसेको पार्टी’ अर्थात् सन्तान जन्माउन नसक्ने दमनजी आफैँ बेत बस्नुभएको छ। तर, तारानाथ रानाभाट चैँ उग्राएका छन्। यी दुवै वकिलले कांग्रेसलाई ठूलो क्षति पुर्याए, राजनीतिमा नआएका र नल्याइएका भए सर्वोच्चका न्यायाधीश त हुने थिए होला?
तर, सर्वप्रथम त २०१२ सालकै वीरगञ्ज महाधिवेशनमा नेपाली कांग्रेसले आफूलाई ‘समाजवादी’ पार्टी भनेर घोषणा गरेको हो। ‘लोकतान्त्रिक समाजवाद’ त्यसैको आधारमा ‘अन्तर्राष्ट्रिय समाजवादी संगठन’ले नेपाली कांग्रेसलाई नेपालको समाजवादी पार्टी भनेर मान्यता दिएको र नेपाली कांग्रेस नेपालको पहिलो समाजवादी पार्टी हो।
भारतमा जयप्रकाश नारायण र डा. राममनोहर लोहियाले समाजवादी पार्टी गठन गर्नुभएको हो। तर, एउटा संयोग कस्तो परेको छ भने बाबुरामजी र उपेन्द्रजीले लोहियाको भाषा बोल्न थाल्नुभएको छ। झन्डै एक वर्ष अगाडि नेपाल टेलिभिजनको अन्तरवार्तामा उहाँले ‘जिन्दा कौम पाँच वर्ष इन्तजार नहि करति’ भनेर भन्नुभएको छ। यसको अर्थ हो– जनताले कुनै राजनीतिक दललाई पाँच वर्षका लागि चुनावमा प्राविधिक कारणले जिताएर पठाए पनि त्यो दल र त्यसका नेताले आफ्नो घोषणापत्रअनुसार काम गरेन, जनताको हितमा काम गरेन भने त्यो दललाई पाँच वर्ष जनताले पर्खने होइन। मध्यावधि चुनाव गराउनुपर्छ।
चम्चाले दूध बाँड्ने होइन भन्नेजस्ता कुरा पनि आए, जो अव्यावहारिक हो। उत्पादन प्रशस्त भएपछि बाँड्ने कुरा पूँजीवादी विचार भयो। कहिले प्रशस्त हुने र अनि बाँड्ने? ओलीको समृद्धिजस्तै। प्रत्येक वर्ष बजेट घाटा, व्यापार घाटा।
समाजवादी नेता डा. लोहिया भन्ने गर्नुहुन्थ्यो, तेस्रो विश्वका लागि अर्थात् गरिब राष्ट्रका लागि पूँजीवाद र साम्यवाद दुवै दैत्य हुन्। यिनले आफ्ना दारा बंगारा धस्छन् अर्थात् शोषण गर्छन्। आज आएर डा. भट्टराईले पनि पूँजीवाद र साम्यवाद अब सान्दर्भिक छैनन्। त्यसैले समाजवाद चाहिएको हो। कांग्रेस र कम्युनिष्ट नेपालको विकासका लागि असान्दर्भिक भए भनेका छन्।
अब प्रश्न उठ्छ, समाजवाद भनेको के हो? सबैलाई समभावले हेर्नु। यो त संस्कृत साहित्यमा प्रचुर मात्रामा गाइएको छ, सर्वे भवन्तु सुखिन।’ तर, सबैलाई सुखीचैँ कसले बनाउने? यो प्रश्नको व्यावहारिक उत्तर अहिलेसम्म समाजले पाएको छैन। कुनै एउटा पद्धतिबाटै यसलाई पूरा गर्नुपर्ने हो। त्यही पद्धतिलाई नै समाजवाद भनियो, व्यक्ति र परिवारबाट माथि उठेर समाजको सेवा गर्नु।
फेरि पनि समाजवादी नेता डा. लोेहियातिरै जानुपर्ने बाध्यता छ। उनले समाजवादको सूक्ष्म रूपमा तर धेरै व्यावहारिक व्याख्या गरेका छन्। समाजवाद याने समानता तर, बुद्धि, व्यवहार, शारीरिक, स्वभाव आदि इत्यादिले राज्यका सबै नागरिक एकनासे हुन सक्तैनन्। चम्चाले दूध बाँड्ने होइन भन्नेजस्ता कुरा पनि आए, जो अव्यावहारिक हो। उत्पादन प्रशस्त भएपछि बाँड्ने कुरा पूँजीवादी विचार भयो। कहिले प्रशस्त हुने र अनि बाँड्ने? ओलीको समृद्धिजस्तै। प्रत्येक वर्ष बजेट घाटा, व्यापार घाटा।
अमेरिकामा दुईवटा पार्टीले पालैपालो सरकार चलाएकै छन्। राजनीतिक र दलीय शासन पद्धति तथा विकासका लागि राजतन्त्र पनि बाधक हुने रहेनछ। ब्रिटिस, जापान, थाइल्यान्डमा राजतन्त्र, दल र विकास सँगसँगै चलेकै छन्। नेपालमा सहअस्तित्व नहुने प्रश्नै थिएन।
डा. लोहिया समाजवादको समानता भनेर मान्दैनन्। सम्भव समानता वितरण गर्दै अघि बढ्नुपर्छ भन्ने उनको मान्यता रहिआएको छ। उनले उदाहरण पनि बडो रोचक दिएका छन्, एउटा राज्य सञ्चालन गर्न प्रधानमन्त्रीदेखि तल पालेसम्म चाहिन्छ भने सबै जनताका सेवक नै, जनताले दिएको अर्थात् तिरेको कर र जनताका नाममा लिइआएको ऋणबाट दुवैले पारिश्रमिक पाउने हुन्। त्यसो भएर यी दुवैको पारिश्रमिक अन्तर कति हुने?
नेपालको प्रधानमन्त्रीले औसत दिनको एक लाख रुपैयाँ खर्च गर्छ भने एउटा पालेको औसत दिनको आरामदायी वा खर्चको अन्तर कति राख्ने? दुवैलाई आवास, भोजन, यातायात, औषधि सबै खर्च कटाएर कति प्रतिशतको अन्तर राख्ने, सबै सुविधा पाएपछि दश प्रतिशतभन्दा बढी किन चाहियो? तर, यो दृष्टिले कसले सोचेको छ। प्रधानमन्त्री र पाले दुवै जनताका सेवक, अझ श्रम र सेवा त प्रधानमन्त्रीको भन्दा पालेकै होला?
नेपालमा २०३६ सालको जनमत संग्रहपछि नै बहुदल र निर्दल दुईटा पार्टी सिस्टम लागू गरिदिएको भए आजसम्म राजनीतिक पार्टीको ध्रुवीकरण भइसक्थ्यो र नेपालले यत्रो दुःख कष्ट भोग्नुपर्ने थिएन। विकासमा धेरै अघि बढिसकेको हुन्थ्यो। दक्षिण र बामपन्थी विचारधाराका दुईटा सशक्त पार्टीको सरकार पालैपालो चल्ने थियो। अमेरिकामा दुईवटा पार्टीले पालैपालो सरकार चलाएकै छन्। राजनीतिक र दलीय शासन पद्धति तथा विकासका लागि राजतन्त्र पनि बाधक हुने रहेनछ। ब्रिटिस, जापान, थाइल्यान्डमा राजतन्त्र, दल र विकास सँगसँगै चलेकै छन्। नेपालमा सहअस्तित्व नहुने प्रश्नै थिएन।
आशा गरौँ– कांग्रेस, कम्युनिष्ट र समाजवादी पार्टी बलिया र राम्रा हुन्। पालैपालो चुनावबाट विधिको शासन गरून्। देशको आार्थिक र सामाजिक विकास होस्। विधिको शासनमा विश्वास होस्। गणतन्त्र बलियो होस्, विकेन्द्रीकरणमा विश्वास बढोस्।
धेरै वर्षको धेरै दुःखकष्टपछि राजनीतिक दलहरूमा अब अलिकति बुद्धि आएको हो कि? जस्तो देखिएको छ। राजनीतिक पार्टीमा धु्रवीकरण हुन थालेको छ। संविधान संशोधन गर्दा अरू के–के, कता–कता, गर्नुुपर्ने हो, त्यो जिम्मेवारीमा बसेकाले जानून्, गरून्, तर एउटा कुराचैँ नभुल्नुपर्ने छ, त्यो हो– राष्ट्रिय पार्टी बन्नका लागि पाँच प्रतिशत मत प्राप्त गर्नैपर्ने अनिवार्य थ्रेस होल्ड।
नेपालको राजनीतिमा आजसम्म्म के देखियो भने जो समाजको अन्य क्षेत्रमा खपत हुन सक्तैन, त्यस्तो मान्छे मात्र राजनीतिमा आउने भयो। भारतका केही प्रान्तमा अपवादबाहेक राजनीतिमा राम्रै मान्छे आएका छन्। त्यहाँ सामाजिक सेवा अनि धार्मिक आन्दोलनको एउटा परम्परा बस्यो। स्वविवेक र आत्मअनुशासनले पनि मार्गदर्शन गर्यो। राजनीतिक, प्रशासन क्षेत्र र न्याय क्षेत्रमा पनि केही मापदण्ड बने। हाम्रो नेपालमा ‘जस्ले हान्यो त्यसले जान्यो’, ‘रात गए अग्राख पलाए’जस्ता उखान अझै प्रचलित छन्। आस र त्रासको भूमरीमा समाज फस्यो।
आशा गरौँ– कांग्रेस, कम्युनिष्ट र समाजवादी पार्टी बलिया र राम्रा हुन्। पालैपालो चुनावबाट विधिको शासन गरून्। देशको आार्थिक र सामाजिक विकास होस्। विधिको शासनमा विश्वास होस्। गणतन्त्र बलियो होस्, विकेन्द्रीकरणमा विश्वास बढोस्, आजलाई यति नै।