काठमाडौं । जेनजी सहिद स्मृति दिवसको अवसरमा मंगलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विशेष स्मृति कार्यक्रम आयोजना गरिएको छ।
जेनजी सहिद परिवार कल्याणकारी समाजको आयोजनामा भएको कार्यक्रममा वर्तमान सरकारका मन्त्री, जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका पूर्वमन्त्री, सांसद, आन्दोलनका घाइते तथा उनीहरूका परिवार र सहिद परिवारका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा सहिद परिवारले आन्दोलनका क्रममा ज्यान गुमाएका आफ्ना प्रियजनलाई सम्झिएका थिए। आफ्ना सन्तान तथा आफन्तले परिवर्तनका लागि गरेको योगदान स्मरण गर्दा केही परिवारका सदस्य भावुक बनेका थिए भने कार्यक्रमस्थलमा शोक र सम्मानको वातावरण देखिएको थियो।सहिदहरूको बलिदानलाई सम्झँदै परिवारजनले उनीहरूको योगदान केवल सम्झनामा सीमित नराखी न्याय, सम्मान र परिवर्तनको बाटोमा अघि बढाउनुपर्ने धारणा राखेका थिए।