काठमाडौं । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
यसअघि न्यायाधीशको एकल इजलासले पत्रकार श्रेष्ठ र बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले पत्रकार श्रेष्ठलाई ललितपुरस्थित घरबाट पक्राउ गरेको हो ।वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ । श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते आज अदालत उपस्थित हुन आदेश दिएको थियो ।ढकालको इजलासले आधार र कारणसहित भदौ १ गते १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।साथै न्यायाधीश ढकालको इजलासले जाहेरी दरखास्तसहितको अनुसन्धानको फाइल र निजको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत उपस्थित गराउन भनेको थियो । वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।