काठमाडौँ । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेश रहेका छन्।
शनिबार साँझ टिपरको ठक्करबाट गम्भीर घाइते भएका गणेशको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर छाडेर फरार भएका चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ गणेशको मृत्यु भएको खबर सार्वजनिक भएपछि आक्रोशित स्थानीयले टिपरमा तोडफोडसमेत गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।