काठमाडौँ । नेपाल प्रहरीले ठुलो संख्यामा नायव निरीक्षक (सई)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार आज ५११ सईको सरुवा गरिएको हो ।
यस्तै नेपाल प्रहरीले ठुलो संख्यामा प्रहरी नायव निरीक्षक सईलाई बढुवा तथा पदस्थापन गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार आज १७० जनालाई सई पदमा बढुवा र पदस्थापन गरिएको हो ।