काठमाडौँ । भारतका विभिन्न स्थानबाट सात जना नेपाली बालबालिकालाई उद्धार गरी नेपाल फर्काउने तयारी भइरहेको छ। यो अभियान नेपाली राजदूतावास, भारतीय प्रहरी र सामाजिक संस्था ‘केन इन्डिया’का निर्देशक नविन जोशीको अगुवाइमा सञ्चालन भएको हो।
जोशीका अनुसार, बालबालिकाहरू भारतको विहार राज्यका जोखिमपूर्ण परिस्थितिमा थिए। उद्धार गरिएका सबै बालबालिकाहरू मधेश प्रदेशका हुन्। उनीहरूलाई स्वदेश फिर्ती गराएर परिवारसँग पुनःमिलन गराउने कार्यक्रम राखिएको छ।
यसअन्तर्गत बुधबार मधेस प्रदेशको डिआइजी कार्यालयमा उनीहरूको परिवारसँग पुनर्मिलन हुने बताइएको छ। यो उद्धार अभियानको अनुभव केही पहिलाको घटनासँग पनि सम्बन्धित छ। केही साताअघि, भारतको उत्तराखण्डस्थित काशिपुरबाट ३५ जना नेपाली युवालाई बन्धक बनाइएपछि उद्धार गरिएको थियो।