काठमाडौं । नेपाल प्रहरीका १७० जना प्रहरी सहायक निरीक्षकहरु नायव निरीक्षकमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो ।
बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।