काठमाडौं । आज (मंगलबार)देखि नेपाल प्रहरीले नयाँ ढाँचामा देशभरीका कार्यालयहरुको मूल्याङकन सुरु भएको छ । ९३ वटा सूचक तोकेर त्यहीआधारमा मूल्याङकन गर्न लागिएको हो । पुलिसिङलाई प्रभावकारी बनाउने उदेश्यले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नयाँ मुल्याङकन प्रणाली सुरु गरेका हुन् ।
गत २५ मंसिरमा बसेको पिसीसी बैठकले यससम्बन्धि निर्णय गरेको थियो । सोहीअनुसार १ पुसदेखि कार्यान्वायन गर्न लागिएको हो ।यो मूल्याङकनको ढाँचा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र तथा ७७ वटै जिल्ला प्रहरी कार्यालय र गणहरुलाई लागू हुनेछ ।
नियमित शान्ति सुरक्षादेखि फरार अपराधी पक्राउ लगायत विषयमा निश्चित नम्बर तोकेर मूल्याङकन हुनेछ ।जसका लागि प्रहरी कार्यालयले हरेक दिन आफ्नो कार्यालयले गरेको कामको विवरण फरेर बुझाउनुनपर्ने हुन्छ ।जसको मासिक तथा वार्षिक रुपमा मूल्याङकन गर्ने र सार्वजनिक गर्ने तयारी छ ।