काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन् । देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले उनले पार्टी खोलेका हुन् ।
उनी नेतृत्वको पार्टीको नाम ‘समुन्नत नेपाल पार्टी’ रहेको छ । पार्टीका तर्फबाट राजबाबु यादवले कात्तिक ३० गते अबेर आयोगमा निवेदन बुझाएका थिए । पूर्वआईजीपी खनाल यसअघि २ पटक प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं-६ र त्यसपछि तनहुँ-१ को उपनिर्वाचनमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो । दुवै पटक उनी पराजित भएका थिए ।