धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिक एआईजीमा बढुवा भएपछि उनको स्थानमा (डीआईजी) ओम बहादुर रानालाई खटाइएको छ । डीआईजी रानाले सोमबारबाट सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन्।
तालुक कार्यालयबाट सरुवा भई सुदूरपश्चिम प्रदेश आएका डीआईजी रानालाई सोमबार प्रदेश प्रहरी कार्यालयमा आयोजित समारोहका बीच स्वागत गरिएको थियो।पदभार ग्रहण कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुरका प्रहरी कार्यालय प्रमुखहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
