काठमाडौँ । गत २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
इन्सपेक्टरदेखि महानिरीक्षकसम्मको तलब कट्टा गरी उनीहरूलाई यो राहत उपलब्ध गराउने योजना बनाइएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै यस सम्बन्धमा जानकारी दिएको छ।
आन्दोलनका क्रममा तीन जना प्रहरी जवानले ज्यान गुमाएका थिए। प्रहरी समन्वय समितिको आइतबार बसेको बैठकले यस सम्बन्धि निर्णय गरेको प्रहरीले प्रवक्ता डिआइजी बिनोद घिमिरेले बताएका छन्।
