काठमाडौं । नेपाल प्रहरीले ‘जेनजी’ समूहको प्रदर्शनका क्रममा खोसिएका हतियार बुझाउन आग्रह गरेको छ । यही भदौ २३ गतेदेखिको प्रदर्शनका क्रममा लुटिएका हातहतियार फिर्ता गर्न आग्रह गरिएको हो ।
बिहीबार (भदौ २६) एक विज्ञप्ति जारी गर्दै प्रहरीले आफ्ना पोसाक दुरुपयोग नगर्न समेत आग्रह गरेको छ । यस्ता सूचना प्रहरीलाई उपलब्ध गराउन अनुरोध गरिएको छ ।
“सुरक्षा हातहतियार, सञ्चारसाधन, सवारीसाधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे उक्त हातहतियारलगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्री नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं.९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध छ,” प्रहरीको विज्ञप्तिमा भनिएको छ ।
