काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरीले शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गर्दै राजधानीवासीलाई असामान्य लाग्ने खालका नियम–सुझाव सार्वजनिक गरेको छ।
प्रहरीले शहरमा हुने विभिन्न मानवीय गतिविधिबाट ध्वनि प्रदूषण बढ्दै जाँदा गर्भवती महिला, बालबालिका र वृद्धवृद्धा प्रभावित हुने भएकाले यस्तो कदम चालेको हो । राति फोन कल गर्दा हेडफोन प्रयोग गर्न, वा म्यासेजमै सम्वाद गर्न सुझाव दिएको छ । अबेरसम्म ठूलो स्वरले गफगाफ गर्न नहुने, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्ने, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्ने, अमेरिसम्म म्इुजिक बजाएर नाचगान नगर्न भनेको छ ।
यस्तै, बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने, गेट खोल्दा आवाज कम गर्ने, मोटरसाइकलमा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्ने बिहान सबेरै प्रेसर कुकुरमा सिटी नलगाउन आग्रह गरेको छ । ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्वन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने पनि प्रहरीले जनाएको छ ।
