काठमाडौं। नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई कार्यालयमा र कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादित व्यवहार अपनाउन आग्रह गर्दै आएको सन्दर्भमा नयाँ कार्यादेश लागू गरेको छ।
प्रहरी महानिरीक्षक दीपक थापाले स्वीकृत गरेको साइबर तथा सूचनासम्बन्धी कार्यादेश २०८२ र सूचना प्रविधि प्रणालीको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यादेश २०८२ भोलिदेखि लागू हुने भएका छन्।
यसका अनुसार अब कार्यालयभित्र र कार्यालय समयमा पोशाकमा भिडियो वा फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने कर्मचारीमाथि कडा कारबाही हुने छ। हेडक्वार्टरको प्रशासन शाखाले सबै इकाइलाई पठाएको सूचना अनुसार कार्यादेशहरू प्रहरीको इन्ट्रानेट पोर्टल र इ-लाइब्रेरीमा राखिएको छ।