काठमाडौँ । काठमाडौँ प्रहरीले गत आर्थिक वर्षमा राम्रो कार्यसम्पादन गर्ने १८१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।
जसमा प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन् । यस्तै १५८ जना कारबाहीमा पर्दा सबैभन्दा धेरै ६० जना छन् ।
जसमा प्रहरी निरीक्षक २, प्रहरी नायव निरीक्षक ४, प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दार ७–७ जनासहित सो सङ्ख्यामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार १७८ जनाले राजीनामा समेत दिएका छन् ।