केही दिनदेखि महिलाहरूले फेसबुकमा कालो रंगको फोटो पोस्ट गरेर बलात्कारविरुद्ध ‘साइलेन्ट प्रोटेस्ट’ सुरु गरेका छन् । जुन सामाजिक सञ्चालमा भाइरल भएकाे छ । धेरैबाट यस अभियानलाई साथ मिलेकाे छ । आन्दोलन तथा नारीबाजी गर्ने प्रवृत्तिभन्दा याे अभियान हर दृष्टिबाट भिन्न छ । त्यसैले यस अभियानलाई महिला हिंसा र बलात्कारविरुद्ध आवाज बुलन्द गर्ने नयाँ शैली मानिएकाे छ ।
- फेसबुकमा राखिएका ‘ब्ल्याक पिक’का दुई विशेष अर्थ हुने अभियन्ताको भनाइ छ । पहिलो अर्थ– महिलाविना पुरुषको जीवन कालो तथा अँध्यारो हुन्छ । अर्को अर्थ– बलात्कृत महिलाको जीवन निस्पट्ट कालो हुन्छ ।
‘शब्दले भन्न नसकेका धेरै कुरा चित्रले भन्ने हुनाले बलात्कारविरुद्ध आफूहरुले ब्ल्याक पिकको प्रयोग गरेका हौं,’ मोडल किरन भन्छिन् । महिलाविनाको पुरुषको जीवन सामाजिक सञ्जालमा राखिएको ‘कालो फोटो’ जस्तै हुने उनको तर्क छ । उनी भन्छिन्, ‘महिलाको महत्त्व बुझाउन कालो रंगको फोटो फेसबुकमा राखेका हौँ ।’
त्यस्तै, ब्ल्याक पिकको अर्को अर्थ छ– बलात्कारपछि बलात्कृत नारीको जिन्दगी कालो रंग जस्तै अँध्यारो हुन्छ । यही सन्देश प्रवाह गर्न फेसबुकमा कालो रंग प्रयोग गरिएको किरनको भनाइ छ ।
अभियन्ताको माग
सामाजिक सञ्जालबाट सुरु भएको ‘ब्ल्याक पिक’ अभियान महिला प्रयोगकर्तामाझ निकै लोकप्रिय बनेको छ । अभियानमा कालो रंगलाई प्रतीकका रूपमा प्रयोग गरिएको छ । बलात्कारविरुद्धको ‘ब्ल्याक पिक’ अभियानमा असंख्य महिलाहरुले साथ दिएका छन् । यस क्रममा ब्ल्याक पिकलाई प्रोफाइलमा राख्न थालिएको छ ।
- केही दिनदेखि महिलाहरूले फेसबुकमा कालो रंगको फोटो पोस्ट गरेर बलात्कारविरुद्ध ‘साइलेन्ट प्रोटेस्ट’ सुरु गरेका छन् ।
अभियन्ताले बलात्कारीलाई कानुनबमोजिम सजाय हुनुपर्ने माग गरेका छन् । त्यस्तै, बलात्कारीविरुद्ध कानुन संशोधन गरेर बलात्कारीलाई कडा कारबाही गर्नसमेत माग गरिएको छ ।
सरकारविरुद्ध ‘साइलेन्ट प्रोटेस्ट’
सरकारको विरोध गर्दै बेलाबेलामा आन्दोलन गरिन्छ, ती कुनै संघसंस्था वा पार्टीबाट आयोजना गरिएको हुन्थ्यो । तर ‘ब्ल्याक पिक’ त्यस्ताे आन्दोलन हाेइन, याे ‘साइलेन्ट प्रोटेस्ट’ हो । जसमा सामाजिक सञ्जाल प्रयोगकर्ता महिलाहरु मात्र सरिक भएका छन् । बलात्कार र महिला हिंसा रोक्न गरिएको आग्रह सरकारबाट सुनाइ नभएको भन्दै ‘ब्ल्याक पिक’ अभियानमा आबद्ध हुने महिलाहरू धेरै छन् ।
‘सरकारलाई फिमेल ब्ल्याक आउटमार्फत ध्यानकर्षण गराउन खोजेका हौं,’ फेसबुक प्रयोगकर्ता श्रेया क्षेत्री भन्छिन् ।
कालो रंगको सन्देश
फेसबुकमा राखिएका ‘ब्ल्याक पिक’का दुई विशेष अर्थ हुने अभियन्ताको भनाइ छ । पहिलो अर्थ– महिलाविना पुरुषको जीवन कालो तथा अँध्यारो हुन्छ । अर्को अर्थ– बलात्कृत महिलाको जीवन निस्पट्ट कालो हुन्छ ।
मूलतः त फोटोमार्फत बलात्कार र महिला हिंसाविरुद्ध आवाज उठाउँदै विवेकी बन्न सन्देश दिन अभियान सञ्चालन गरिएको फेसबुक प्रयोगकर्ताको बुझाइ छ । त्यस्तै, बलात्कृत महिलालाई न्याय दिलाउनसमेत ‘साइलेन्ट प्रोटेस्ट मार्फत सरकारलाई घचघचाइएको अभियन्ताको भनाइ छ ।
फिमेल ब्याक आउटकाे सुरूवात
आजभन्दा दुई वर्षअघि बलात्कारपछि निर्मला पन्तको हत्या भएको थियो । तर, बलात्कारीलाई कानुनी कारबाही भएको थिएन । त्यस्तै, बझाङ मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षाीया सम्झना विकको मन्दिरभित्र बलात्कार पछि हत्या भयो, जुन घटनाले सामाजिक सञ्जाल महिला हिंसा तथा बलात्कारविरुद्ध खनिएको थियो ।
- महिलाविनाको पुरुषको जीवन सामाजिक सञ्जालमा राखिएको ‘कालो फोटो’ जस्तै हुने उनको तर्क छ । उनी भन्छिन्, ‘महिलाको महत्त्व बुझाउन कालो रंगको फोटो फेसबुकमा राखेका हौँ ।’
केही दिनअघि भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा रोकिराखेको बा३ख २६१२ नम्बरको बसभित्र १७ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना तथा बझाङ सुनकुडाकी २१ वर्षीया युवती ससुरा, श्रीमान् र नन्दे भाइबाट बलात्कृत भई गर्भपतन गराएको घटना सार्वजनिक भएको थियो ।
यिनै घटनाका कारण अभियान सुरु भएको मोडल तथा फेसबुक प्रयोगकर्ता किरनले बताइन् । उनले सुरुमा २४ घण्टासम्म कालो रंगको फोटो माहिलाहरुले प्रयोग गर्ने सामाजिक सञ्जालमा राख्ने योजना रहेको सुनाइन् । अभियान ‘नोटिस’ भएपछि एक सातादेखि १० दिनसम्म कालो रंगको फोटो राख्ने अभियान चलाइएको उनको भनाइ छ ।