काठमाडौं– आइतबार शेयर बजारमा उछाल देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ६९ अंकले बढ्दा १५ सय भन्दा माथि पुगेको छ।
समय सकिएपछि राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडाको नाम मनोनित नहुने हल्ला चलाइएपछि शेयर बजार १६ अंकले बढेको छ। राष्ट्रिय सभा सदस्यको लागि मनोनयन गर्ने अन्तिम दिन भएकाले अर्थमन्त्रीलाई जोडेर आइतबार हल्ला चलाइएको थियो।
राष्ट्रिय सभा सदस्य नरहेपछि खतिवडाको मन्त्री पद खुस्किने भन्दै बजारमा हल्ला चलाइएको थियो। यद्यपी खतिवडाको राष्ट्रिय सभा सदस्य पद सकिन अझै समय छ। उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी थिइन्।
बिहीबार शेयर बजार १४ सय ३४.४४ अंकमा बन्द भएको थियो। आइतबार एकैदिन बजार ६९.५६ अंकले बढेर १५ सय ४.१४ विन्दुमा पुगेको हो। यो ४.८५ प्रतिशतको वृद्धि हो। आइतबार नेप्सेभन्दा बढी सेन्सेटिभ इन्डेक्स बढेको छ। यसको अर्थ साना कम्पनीहरु भन्दा ठूला कम्पनीको शेयर खरिदमा लगानीकर्ताको आकर्षण देखिएको छ।
आइतबारको कारोबारमा नेप्से परिसूचक मात्रै नउचालिएर कारोबार रकममा समेत उच्च सुधार देखिएको छ। आज एकैदिन ३ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भयो । यो कारोबार नेप्सेको इतिहासमै सबैभन्दा बढी हो। केहि समयदेखि बैंकहरु आफै ब्रोकर कार्यालयमा गएर शेयर कर्जाका लागि मार्के्टिङ गरिरहेका छन्। यसले गर्दा पछिल्लो समयमा दैनिक कारोबार नै ५० करोड रुपैयाँ नाघ्ने गरेको छ। ब्रोकरहरुका अनुसार ‘यदि बजार सुधार भयो भने राम्रो पूँजीगत लाभ हुने भन्दै लगानीकर्ताहरु मार्जीन सुविधा लिएरै शेयर खरिद गरिरहेका छन्।
‘साताको पहिलो दिन १६.०९ अंकले सुधार भएर ११८२.३१ अंकमा रोकिएको छ। कारोबार सुरु भएको केहि समय घटेको बजारमा एकाएक सुधार आएको थियो। सुधार हुने क्रममा २० अंकसम्म बजार उक्लिएको थियो। राष्ट्रियसभामा यही फागुन १९ गतेदेखि १९ जना सांसदको पद रिक्त हुँदैछ। जसका लागि १८ नयाँ सांसदको निर्वाचन भइसकेको छ।
राष्ट्रपतिले मनोनयन गर्ने रिक्त हुन लागेको एक सिटमा अर्थमन्त्री डा. युवराज खतिवडा छन्। सो स्थानमा वामदेव गौतम आउने भएसँगै अर्थमन्त्री खतिवडा संघीय संसदको सदस्य नरहने र योसँगै अर्थमन्त्रीबाट हट्ने अनुमानसहित बजार बढेको हो।