काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा जन्मदिन मनाएका छन् । यो प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिन हो।
जन्मदिन मनाउन प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली पनि बालुवाटार आएका छन्। उनी प्रायः झापा नै बस्ने गर्छन्।
ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका थिए।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे। प्रधानमन्त्री ओलीले जन्मदिनकै अबसरमा शनिबार ‘भिजन टु एक्सन’ किताब ल्याएका थिए।
प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री ओलीले जन्मदिन मनाएका केही तस्वीर फेशबुकमा राखेका छन्। प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए।