काठमाडौं – नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाएका छन्।
कञ्चनपुरबाट काठमाडौं फर्कंदै गरेका मन्त्री बाँस्कोटालाई नेविसंघले विमानस्थलमा कालो झण्डा देखाएको नेविसंघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए।
कालो झन्डा देखाएको आरोपमा प्रहरीले नेविसंघ नेता विष्णुहरि खड्कालाई पक्राउ गरेको छ।